- संघीय सरकारबाट लुम्बीनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाइ करोड भन्दा बढी रकम लगानी भइसकेको छ । थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन् । ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।’
काठमाडौ: खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।
भेटर्वार्ताका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरुमा ८० प्रतिसत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिसत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।
उनले भने,‘संघीय सरकारबाट लुम्बीनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाइ करोड भन्दा बढी रकम लगानी भइसकेको छ । थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन् । ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।’
लुम्बीनी प्रदेशमा कम्तिमा पनि रु एक, डेढ अर्ब मात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालिन खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराए । उनले भने,‘संघले सुरु गरेका खानेपानीका आयोजना संघले नै सम्पन्न गर्नु पर्ने हाम्रो माग छ । यात संघले बजेट थप दिनु प¥यो, होइन भने आफै आयोजना सम्पन्न गर्नु प¥यो ।’
उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखीत रुपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरु सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए ।
उनले भने, ‘बजेट अभाव छ । नयाँ योजना नराखौँ । ८० प्रतिसत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रुपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाहरुका विषयमा जानकारी दिनुहोला । आयोजना सम्पन्न गर्न हाम्रोबाट पूर्ण सहयोग रहने छ ।’
उक्त भेटर्वार्तामा खानेपानीमन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, लुम्बीनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।