विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्: सांसद शाही

२०८१ फागुन २७ मंगलवार
सारांश
  • पुर्व राजाको स्वागतमा हजारौं जनता स्वतस्फुर्त रुपमा उपस्थित भएका थिए।

काठमाडौँ: सांसद ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालाविच सामाजिक संजालमा वाकयुद्ध चलेको छ। यस संजालिय वाकयुद्धको कारण भने पुर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गत २५ गते आईतवार भएको कार्यक्रम र त्यहाँ प्रयोग भएको भनिएको भारत उत्तर प्रदेशका मुख्यमन्त्रि योगी आदित्यनाथको तस्विर हो ।

 

पुर्व राजाको स्वागतमा हजारौं जनता स्वतस्फुर्त रुपमा उपस्थित भएका थिए। उक्त स्वागत कार्यक्रमको नेतृत्व राप्रपा र अभियान्ता दुर्गा प्रसाई लगायतले गरेको भए पनि त्यहाँ कुनै दल वा अभियानको ब्यानर र झण्डा प्रयोग भने गरिएको थिएन।  उपस्थित नागरिकहरू आफैले झण्डा बोकेर सहभागी भएका थिए। यतिबेला संजाल र मिडियाहरूमा भाईरल भैरहेको योगी आदित्यनाथको तस्विर सोहि कार्यक्रमको हो वा होइन त्यो पुष्टि हुन बाँकी नै छ।

 

प्रधानमन्त्रिका सल्लाहकार विष्णु रिमालले भाईरल भईरहेको सो तस्विर आफ्नो सामाजिक संजालमा राखेर टिप्पणि गरेपछि लगत्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री र प्रधानमन्त्रिका सल्लाहकार विष्णु रिमालले नै त्यो तस्विर राख्न लागाएको आरोप लागेका थिए । त्यसको प्रतिउत्तरमा विष्णु रिमालले अत्यन्त तुच्छ शैलीमा प्रतिक्रिया जनाए।

रिमालले लेखेका छन् "डिसईन्फरमेसनको सहारामा Accidently मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो।" यसको जवाफमा आज बिहान सांसद शाहीले विष्णु रिमाललाई वडाध्यक्षको चुनाव जित्न र प्रधानमन्त्री ओलीलाई जनतावट प्रत्यक्ष चुनाव जितेर देशको प्रधानमन्त्री बन्न सुझाव दिएका छन्।  

 

यस्तो छ सांसद शाहीको पोष्ट "आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको  स्याल हुयाँ दिन बन्द गर्नुहोस ।अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयोl लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्।"

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार