- भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् ।
जाजरकोट: गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन् ।
भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताए । गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुर्नस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नुपर्ने बताए । उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए ।
डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए ।
मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताए ।
पुर्ननिर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाइ सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ । भूकम्पपछि जति जनताले दुख पाउनु भयो अवका दिन पाउन नदिने गरि सरकार लागी परेको छ । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले विपद जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउन आग्रह गरे ।
गतबर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्बाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरि जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।