पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, भव्य स्वागत गरिने

२०८१ फागुन २५ आईतवार
सारांश
  • सोहि समयमा राजसंस्था पक्षधरहरू विमानस्थल देखि पुर्वराजाको निवास सम्म पुग्ने जनाईएको छ ।

काठमाडौँ: पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर  राजसंस्था पक्षधरहरूले भव्य स्वागत गर्ने भएका छन्।  

 

आज दिउसो ३ बजे शाह विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। आज राजसंस्था पक्षधरहरू विमानस्थल देखि पुर्वराजाको निवाससम्म जाने तयारी रहेको छ ।

 

आजको कार्यक्रमलाई राजसंस्था पक्षधरहरूको शक्ति प्रदशनीको रुपमा पनि हेरिने भएको छ । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

 

फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि  राजसंस्था पक्षधरहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।

 

पूर्वराजाको अपीलले राजसंस्था पक्षधरहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार