- महामन्त्री शर्माले नेताकार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्नसमेत निर्देशन दिए ।
काभ्रेपलाञ्चोक, २४ फागुनः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ एवं शुभेच्छुक संस्था विस्तार कार्यक्रममा पार्टीले आगामी २०८४ सालमा हुने निर्वाचनभन्दा पनि मुलुक र जनताको चिन्ता गरेको उनले बताए ।
“केही पुराना र नयाँ पार्टीले २०८४ सालको चुनावको चिन्ता गरिरहेका छन्, राजनीतिक दलले सधैँ चुनावको मात्र चिन्ता गरेर देश बन्दैन । देशको चिन्ता गर्नेतर्फ लागौँ”, शर्माले भने । उनले निर्वाचनको मात्रै चिन्ता गर्दा देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गरे । “कांग्रेस इतिहास बोकेको पार्टी हो, लाखौँ कार्यकर्ताको विश्वास जितेको छ । यो पार्टीले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन”, उनले थपे ।
महामन्त्री शर्माले नेताकार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्नसमेत निर्देशन दिए । “बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै खालका विवाद छैन, काम गर्दा केही कमीकमजोरी भएका हुनसक्छन्”, उनले भने, “तपाईंहरू नआत्तिनुस् र निर्धक्क भएर काम गर्नुस् ।” पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले आगामी चुनावमा कांग्रेस एकढिका भएर जाने प्रस्ट पारे ।
“कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता हो, पार्टीभित्रको केही आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन पनि जित्न सकिँदैन, त्यसो भएर कांग्रेस एकढिका भएर जानुपर्छ”, शर्माले दाबी गरे । उनले आजै मण्डनदेउपुरका राजनीतिज्ञ एवं समाजसेवी स्व हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गरेका थिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र मधुप्रसाद आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने विचार व्यक्त गरे । कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, कांग्रेस जिल्ला सभापति तीर्थ लामा, क्षेत्रीय सभापति महेश खरेल, कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेललगायतले नेपाली कांग्रेस एक ढिका भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।