लोकतन्त्र र गणतन्त्र ल्याएँ भन्नेहरु लुटतन्त्र मच्चाइरहेका छन्: राजेन्द्र लिङ्देन

२०८१ फागुन २४ शनिवार
सारांश
  • उनले कर्मचारीहरुलाई तलब खुवाउनकै लागि विदेशीहरुबाट ऋण लिनुपरेको अवस्था रहेको बताए ।

काठमाडौं: राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिरहेको बताएका छन् ।


शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताएका हुन् ।


उनले भने, ‘अहिले  देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिराखेको छ । मुलुकमा प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेका छन् । उनीहरु देशभित्रै रोजगारी सिर्जना गर्ने, देशभित्रै  युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने दिशामा होइन् देशका उद्योग धन्दाहरु समेत बन्द गरेर कमिशन खाने र युवाहरुलाई विदेश जान बाध्य बनाउने काममा निरन्तर लागिरहेका छन् ।’ 
साथै उनले आज देशको जति राजश्व छ, जति आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुग्न नसकेको बताए । उनले कर्मचारीहरुलाई तलब खुवाउनकै लागि विदेशीहरुबाट ऋण लिनुपरेको अवस्था रहेको बताए ।


उनले भने, ‘नेपाली जनताले र राजा स्वयमले पनि आज भन्दा झण्डै दुई दशक अगाडि देशको भलो हुन्छ होला, देशको प्रगति हुन्छ होला । जनताले सुख पाउने र समृद्धि पाउने दिन आउँछ होला भनेर दलहरुलाई देश जिम्मा लगाएको थियो । तर  देश कुन अवस्थाबाट अगाडि बढिराखेको छ ? आज देश देशको जति राजश्व छ, आम्दानी छ त्यसले कर्मचारीलाई तलब दिन समेत पुगिरहेको अवस्था छैन । तलब खुवाउनैकै लागि विदेशिहरुबाट ऋण लिनुपरेको अवस्था छ ।’


यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले देशमा अहिलेको सत्तामा रहेकाहरुले शिक्षा, स्वास्थ्य, कृषि सबै ध्वस्त पारिसकेको बताए । उनले  सत्तामा बसेकाहरुले देशलाई अगाडि बढाउनुको साटो जातजातमा, धर्मधर्ममा फाइट र काटमार हुने वातावरण सिर्जना गरिरहेको  बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार