जनकपुरमा राजसंस्था पक्षधरहरूको प्रदर्शन: राजा फर्काउने उद्घोष

२०८१ फागुन २३ शुक्रवार
सारांश
  • प्रजातन्त्रसहितको राजसंस्था आजको आवश्यकता रहेकोमा उनले जोड दिए ।

जनकपुर: जनकपुरधाममा राजावादी समर्थकहरुले प्रदर्शन गरेका छन् ।


शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकहरुले नगर परिक्रमा गरेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’,‘केपी चोर देश छोड’का नारासमेत लगाएका छन् ।


गणतन्त्रलाई आफूहरुले साथ दिँदा पनि गणतनत्रले आफूहरुलाई केही नदिएको भन्दै पुनः देशमा राजालाई फर्काउनुपर्ने आवश्यकता रहेकोले प्रदर्शन गरिएको नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाश रानाले बताए ।


नेताहरुले डलर खाएर देश क्रिश्चेन धर्मावलम्बीहरुलाई बेचेको उनले आरोप लगाए । प्रजातन्त्रसहितको राजसंस्था आजको आवश्यकता रहेकोमा उनले जोड दिए ।
माओवादीले जनताको छोराछोरी मारेर आफू सत्तामा गएको उनले आरोप लगाए । अमेरिकाले भ्रस्टाचार हुने देशहरुको सूचीमा नेपाललाई उच्च स्थानमा राखेकाले नैतिकताको आधारमा सत्तामा बसेका नेताहरुले राजिनामा दिनुपर्ने धारणा राखे । उनले देश बचाउन राजा मात्र विकल्प रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार