प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

२०८१ फागुन २३ शुक्रवार
सारांश
  • मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सुर्खेत: प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

शुक्रबार बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्ने  र दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

दिउँसो ३ बजे वीरेन्द्रनगर–१० सानो सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ भवनको उद्घाटन गर्ने कार्यक्रम छ, भने आजै प्रधानमन्त्रीले कर्णाली रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

 

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट आज ३ हजार ८४१ विद्यार्थीहरु दीक्षित हुँदै छन् । विश्वविद्यालयले विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिको उपाधि हाँसिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागेको जनाएको हो ।

 

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्राडा महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा दिक्षान्त  समारोह हुने विद्यालयले जनाएको छ ।

 

समारोहममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेनछ ।  दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याजहरुबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरु गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक पाउने छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार