- बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा खरेललाई नियुक्ति गरेको जानकारी दिए ।
काठमाडौं : सरकारले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा झापाका अग्नि प्रसाद खरेललाई नियुक्ति गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनगरी गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा खरेललाई नियुक्ति गरेको जानकारी दिए ।
यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु ः
१.२०८१ साल चैत्र २६ देखि २७ (तदनुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने ब्लतष् ऋयचचगउतष्यल न्यिदब िँयचगm मा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने ।
२.थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गते देखि २१ (तदनुसार ३ देखि ५ मार्च, २०२५) गतेसम्म आयोजना हुने ब्कष्ब–एबअषष्अ च्भनष्यलब िएचभउबचबतयचथ ःभभतष्लन ायच तजभ ग्लष्तभम ल्बतष्यलक ँययम क्थकतझक क्गmmष्त क्तयअपतबपष्लन ःयmभलत कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. आर.पि. विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
३.सम्माननीय प्रधानमन्त्रीज्यूको मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा श्री अग्नि प्रसाद खरेल, झापालाई नियुक्त गर्ने।
४.सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।
५.आर्थिक तथा व्यावसायिक बातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।
६.आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।
७.निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।
८.क) चालु आर्थिक वर्ष २०८१÷८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल रु. २,८००।६९ न्यूनतम समर्थन मूल्य तोक्ने ।
ख) १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुत्त आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने।
९.यही चैत्र ५ देखि ६,२०८१ (तदनुसार १८–१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११औं भ्मष्तष्यल या तजभ द्यभचष्लि भ्लभचनथ त्चबलकष्तष्यल म्ष्बयिनगभ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दिपक खड्कालाई सहभागी हुन स्वीकृति दिने।
१०.नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिन भित्र सफाई पेश गर्न मौका दिने। सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्राचार गर्ने।
११.नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई मिति २०८१÷११÷१८ देखि लागू हुने गरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने।
१२.सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।
१३.२०८१ फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (ऋक्ध्) को ६९ औं सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
१४.मिति २०८१ फागुन २९ (तदनुसार १३ मार्च, २०२५) मा बेलायतको लण्डनमा आयोजना हुने ःष्लष्कतभचष्ब िचयगलमतबदभि भखभलत यल ’तबअपष्लिन धबतभच कभअगचष्तथ बअचयकक तजभ अष्mिबतभ–लबतगचभ–मभखभयिऊभलत लभहगक’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने।
१५.सहसचिव श्री विरेन्द्र कुमार यादबलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने।
१६.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला); उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति); महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने।
१७.नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव श्री मदन भुजेललाई बढुवा गरी मधेश प्रदेशमा पदस्थापन गर्ने।
१८.नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौं तहका डा. विकास देवकोटालाई बढुवा गर्ने।
१९.राजपत्राङ्कित विशिष्ट श्रेणीका देहायका अधिकृतहरूको देहायबमोजिम सरुवा गर्नेः
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।