जाँचमा भाग नलिएकाले कुलमान फेल भएका हुन् : मन्त्री खड्का

२०८१ फागुन २२ विहिबार
सारांश
  • उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुन अनुसार काम नगरेको बताए ।

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएकोबारे प्रष्टिकरण दिएका छन् । 


उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुन अनुसार काम नगरेको बताए ।


उनले भने‘ विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ, मलाई भनिदिनु प¥यो । कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन भन्नुपर्यो । संविधानमा नै लेखिदिनुप¥यो । हामीले ल्याएको व्यवस्थामा त्यस्तो होइन । सबै नागरिक नेपालको कानुन अन्तर्गत रहनेछन् । काुननको पालना गर्ने जिम्मेवार पदमा हुने नहुने सबैको दायित्व हो । त्यसैले उहाँले शुन्य नम्बर पाउनु भएको हो । उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन ।’


कुलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको बताए ।


नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उनको भनाइ छ । कलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको धारणा राखे ।

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार