जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ :मन्त्री गुरुङ
२०८१ फागुन २१ गते बुधवार
- हिंसा र विचारमा कुन प्रमुख हुन्छ भन्दा म जहिले पनि विचारको पक्षमा रहने मान्छे हो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित २६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो भएको भन्दै यसले देशको आर्थिक र सामाजिक सबै क्षेत्रमा ठूलो प्रभाव पारेको बताए ।
उनले भने, ‘म त जहिले पनि जनयुद्धको विरुद्धमा उभिरहेको छु । जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो हो । हिंसा र विचारमा कुन प्रमुख हुन्छ भन्दा म जहिले पनि विचारको पक्षमा रहने मान्छे हो ।
धेरै जना माओवादीको आन्दोलनमा होमिए र धेरैले ज्यान पनि गुमाए, कम्युनिष्ट आन्दोलन बद्नाम भयो, खर्बौको सम्पत्ति नोक्सान भयो, आज जुन गाँउहरु रित्तो भएका छन् भन्ने कुरा आउछ यसको सुरुवात जनयुद्धबाट भएको हो ।
आर्थिक गतिविधिहरु अवरुद्ध भएको पनि त्यही बेला देखि हो । विकासमा पनि २५ वर्ष पछाडी पर्यौ जनयुद्धले गर्दा नै त्यसकारणले गर्दा यो माओवादी जनयुद्धबाट हामीले सिक्नु पर्ने कुरा के हो भन्दा कुनैपनि क्रान्तिको बाटो र विचार अर्काको नक्कल गरेर गर्नु हुदैँन् ।’
यसको साथै, उनले माओवादीले जनयुद्ध बेचेर नै खाइसकेको भन्दै आज मुलुकको लागि माओवादीको सैद्धान्तिक आधार के हो त भन्दै प्रश्न गरेको छन् ।
उनले भने, ‘हिंसा भन्ने शब्दबाट किन डराएर भागिरहेको छ माओवादी ? माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ ? जनयुद्ध त उनीहरुले बेचेर नै खाइसके । के छ आज माओवादीको सैद्धान्तिक आधार जसले यो मुलुक बनाउन सक्छ । माओवादीले सेना नहुने र हतियार नबोक्ने पार्टी कम्युनिष्ट हुदैँन् भनेर एमाले कम्युनिष्ट होईन भन्ने गरेका थिए तर आज माओवादीसँग पनि सेना छैन उनीहरु कम्युनिष्ट होकी हैन् त ।’
यस्तै, स्वतन्त्रता, एकता सबैलाई सुरक्षित राख्नको लागि र गलत क्रियाकलाप रोक्नको लागि सामाजिक सञ्जाल विधेयक आएको पनि उनको भनाई छ ।
उनले भने, ‘दही जस्तो जमेको मुलुकमा कागतीपानी हाल्ने काम भयो त्यो कागती पानी हाल्नेलाई रोक्नु परेन, त्यो रोक्नको लागि पनि सामाजिक सञ्जाल नियमन विधेयक चाहिएको हो । हाम्रो स्वतन्त्रता, एकता सबैलाई सुरक्षित राख्नको लागि र गलत क्रियाकलाप रोक्नको लागि नियम ल्याउनु पर्छ, हाम्रो सामाजिक सञ्जाल विधेयकलाई यसरी बुझ्नु पर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।