सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दोे विषय हो: प्रभु साह
२०८१ फागुन २१ गते बुधवार
- सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ ।
काठमाडौं: आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताएका हुन् ।
उनले भने,‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाईराखेका छन् । अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ ।
यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जररी छ । होईन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन् ? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु ।’
केही दिनअघि उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए । त्यही विषयमा आज साहले संसद्मा कुरा उठाएका हुन्
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।