- मन्त्री खड्काले सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले मुलुकलाई समृद्ध बनाउन टेवा पुग्ने बताए ।
डुम्रे (तनहुँ), २१ फागुनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताएका छन् ।
तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा आजदेखि सञ्चालित चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताएका हुन् । उनले भने, “वर्तमान सरकार समृद्धिको बाटोमा लागिसकेको छ, ऊर्जा र जलस्रोतको उपयोग गर्दै देशलाई दीर्घकालीन समृद्ध बनाउने लक्ष्यमा छौँ ।” उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार दीर्घकालीन समृद्धितर्फ लागिसकेको बताए ।
मन्त्री खड्काले सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले मुलुकलाई समृद्ध बनाउन टेवा पुग्ने बताए । “ऊर्जा र जलस्रोतको माध्यमबाट मात्रै देशलाई दीर्घकालीन समृद्ध बनाउन सम्भव छ”, उनले भने, “समृद्धिको यात्राका लागि भरपर्दो र विश्वासिलो सरकार आवश्यकता थियो, अस्थिर सरकारका कारण व्यापारिक गतिविधि नै अलमलमा थियो, दुई ठूला राजनीतिक दलको समन्वयले देशलाई समृद्ध बनाउने छौँ ।”
स्थानीय पर्यटकीय तथा व्यापारिक क्षेत्रको प्रचारप्रचार र प्रवद्र्धनका लागि यस्ता मेला, महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले सुस्ताएको व्यापारलाई चलायमान बनाउन यस्ता मेला, महोत्सवले सहयोग पुगेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।