सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन्: अर्थमन्त्री पौडेल
२०८१ फागुन २१ गते बुधवार
- सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरङ्कुशता हुन्छ भने लोकतन्त्रको परिभाष खोज्न कहा जाने जंगली राज तर्फ जाने यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु ।’
काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो बनाउन नहुने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याउन चाहेको विषय सदनमा ल्याउन संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र विगतमा गरेको अभ्यासहरुले दिने भन्दै सदनमा प्रस्ताव प्रस्तुत गर्नु निरङ्कुशता नहुने बताए ।
उनले भने, ‘सदनमा छलफल भईरहेको छ, सदनले निर्णय गर्ने छ । यो सदनले चाहाने हो भने अस्वीकार गर्न सक्छ नि त्यसकारण के भन्न चाहान्छु भने यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन् । विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ । यो कुनै स्वइच्छाचारिताको कुरा होईन, कुनै निरङ्कुशताको कुरा होईन । सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याएको विषय हो । सदनमा ल्याउन पाउछ, हाम्रो संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरुले दिन्छ । त्यसकारण यो लोकतन्त्र हो । सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरङ्कुशता हुन्छ भने लोकतन्त्रको परिभाष खोज्न कहा जाने जंगली राज तर्फ जाने यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु ।’
यसको साथै, उनले प्रक्रियागत त्रुटिको कुरा उठेको सन्दर्भमा नियमावलीमा रहेको नियमलाई पालना गरेर तदअनुरुप नै यो प्रस्ताव सदन समक्ष आएको भन्दै प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने अभिव्यक्तिमा सच्चाई नभएको बताए ।
उनले भने, ‘प्रक्रियागत त्रुटिको कुरा उठेको छ यसको सन्दर्भमा हामी सबै प्रक्रियामा उत्तिकै सहभागि छैनौ र प्रक्रिया हामी सबैले बनाएका होइनौ र प्रक्रियागत त्रुटि भएको कुनै पनि प्रस्ताव प्रक्रिया विपरित, कानून विपरित प्रतिनिधि सभाको नियमावली विपरित भएको कुनै पनि प्रस्ताव सदनमा प्रस्तुत हुन सक्छ ? त्यती सामान्य ज्ञान हामी सबैलाई छैन् र तब पनि प्रक्रियाको कुरा किन उठिरहेको छ ? नियमावलीमा रहेको नियमलाई पालना गरेका छौ तदअनुरुप नै यो प्रस्ताव सदन समक्ष आएको छ त्यसकारण प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने यो अभिव्यक्तिमा सच्चाई छैन् ।’
उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशका सम्बन्धमा विरोधको सूचना दर्ता गर्नुहुने सबै मान्यहरुलाई धन्यवाद पनि दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।