मेरो अनुभवमा, धर्म छाड्यो भने सबै ध्वस्त हुने रहेछ: प्रधानन्यायाधीश पराउत
२०८१ फागुन २१ गते बुधवार
- त्यसैले धर्मसँग हाम्रा सभ्यताहरु, संस्कृतिहरु, परम्पराहरु र रितिरिवाजहरु सबै जोडिएका छन् ।’
काठमाडौं: प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतले धर्म छाड्यो भने सबै ध्वस्त हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवम् महा संप्रोक्षण कार्यक्रममा बोल्दै उनले अहिलेसम्मको जीवनकालमा फर्केर हेर्ने हो भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ भन्ने अनुभव भएको बताएका हुन् ।
उनले भने, ‘मलाई पनि लाग्छ । अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ । त्यसैले धर्मसँग हाम्रा सभ्यताहरु, संस्कृतिहरु, परम्पराहरु र रितिरिवाजहरु सबै जोडिएका छन् ।’
त्यस्तै, उनले आधुनिकताको नाममा आज धेरै कुराहरु यताउता पारिएको पनि बताए ।
उनले भने, ‘जुन मुद्दामा तामा र तुलसि छोएर यो कुरा बोल भन्दा झुटो बोल्दैन्थ्यो । तर आज त्यो सबै मान्यता छैन् । तर त्यो सबै धर्मले नै गरेको थियो । आधुनिकताको नाममा आज हामीले धेरै कुराहरु यताउता पारेको छौं ।’
प्रधानन्यायाधीस राउतले धर्मले न्याय र सत्यको पक्षमा उभिन मद्दत गर्ने बताए । धर्मको विशालता र व्यापकता शब्दमा व्यक्त गर्न नसिकिने भन्दै उनले धर्मसँग पवित्र कर्महरु र कल्याणकार्य मात्र नभई धर्मसँग नौतिकताको कुरा, नौतिक आचरणको कुरा पवित्रताको कुरा पनि जोडिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।