न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी
२०८१ फागुन २० गते मंगलवार
- उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरु सरकारमा हुँदा नाटक गरेर समय विताउने र अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति रहेको बताए ।
उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ । कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ । अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने ।’
कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए ।
उनले भने‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन् । न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ । ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।’
त्यस्तै उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि उनले जानकारी दिए ।
उनले भने,अहिले अलि बढि संवेदनशिलतातिर वा भावनातिर बगेर अनावश्यक कुरामा नलागौं । सही ढंगले जाति–भाषाको उत्थान गरौं । त्यसमा सरकार सहयोग गर्न तयार छ । हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ । त्यसमा सरकारको ध्यान गएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।