चुच्चे नक्सा नागको फोटो टाँसे सरह मात्र भयो : झलनाथ खनाल

२०८१ फागुन २० गते मंगलवार
सारांश
  • उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए ।

काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन् ।

 

मंगलवार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दावी गरे । 

 

उनले भने, ‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ । त्यसलाई कसैले अवरोध गरेको छैन । अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन । हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन् ।’ 

 

उनले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन् । उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए ।

 

सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन् ।

खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए । उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे ।

 

उनले सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसेसरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दावी गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार