श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारी र नेपालका लागि जापानी राजदुत तोरूबीच भेटवार्ता
२०८१ फागुन २० गते मंगलवार
- भेटका क्रममा नेपाल र जापानबीच भएको आपसी समझदारी एवम् श्रम संझौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको थियो।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदुत मइडा तोरूले मंगलवार शिष्टचार भेट गरेका छन्।
भेटका क्रममा नेपाल र जापानबीच भएको आपसी समझदारी एवम् श्रम संझौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको थियो।
साथै, नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षा लगायतका विषयमा मन्त्रीले चासो समेत राखेका थिए ।
यसै गरी जापान सरकारको माग बमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशिघ्र निश्कर्षमा पुर्याउनु पर्ने विषयमा समेत दुबै पक्षबीच कुरा भयो।
भेटका क्रममा नेपालका लागि जापानी राजदुतले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताए ।
नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता डण्डुराज घिमिरे जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’