पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड
२०८१ फागुन १९ गते सोमबार
- २०८१ मा सम्बन्धी छलफलमा उनले भूपरिवेस्टिक मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगहा प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने सुविधाहरुलाई ऐन आएर कार्यान्वयन गर्नसके प्रभावकारी हुने बताए ।
काठमाडौं : नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयोभने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् ।
राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सम्बन्धी छलफलमा उनले भूपरिवेस्टिक मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगहा प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने सुविधाहरुलाई ऐन आएर कार्यान्वयन गर्नसके प्रभावकारी हुने बताए ।
उनले भने, ‘हामीले भूपरिवेष्टिक राष्ट्र र मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगहा प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने जुन सुविधाहरु थियो त्यो सुविधालाई ऐन आएर कार्यान्वयन गर्न सक्यौ भने प्रभावकारी हुनसक्ने सम्भावना छ । ऐन आउनु भनेको एक कदम अगाडि बढ्नु हो । यसले सोचे अनुसारको परिणाम दिन सक्यो भने प्रशस्त संभावनाहरु पहिल्याउन सकिन्छ ।’ यसका साथै, उनले नीतिमा धेरै नै लामो परिमार्जनको आवश्यकता रहेको भन्दै यसमा निकै नै गृहकार्य गर्नुपर्ने बताए ।
उनले भने, ‘यो नीतिले धेरै नै लामो परिमार्जनको आवश्यकता मागेको छ, सदस्यहरुले यसमा निकै नै गृहकार्य गर्नुपर्ने छ । नेपालको पानी जहाज जहाँ गएर बसेपनि ऐन लागू हुने कुरा राखौं । नेपालभित्र प्रवेश गरेको विदेशी जहाजमा पनि यो ऐन अनुसार लागू हुन्छ भनेर राखौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।