- प्रजातन्त्रको नाममा प्रजातन्त्रको प्रहार भैरहेको छ, पटक पटक, प्रजातन्त्रको नाममा प्रजातन्त्र मास्ने षडयन्त्र भैरहेको छ, बारम्बार ।
राप्रपाका वरिष्ठ नेता तथा पुर्व अर्थमन्त्री डा.प्रकाश चन्द्र लोहनीले देश तिन जना नेताहरूले शोषण गरिरहेको बताएका छन् । धनगढिमा आज राप्रपाले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. लोहनीले सो कुरा बताएका हुन् ।
उनले भने "नेपाली जनताका समस्याहरू, गरिबी, रोजगारीका समस्या शिक्षाका समस्या स्वास्थ्यका समस्या कहिल्यै छलफल हुन्छ र ? हुँदैन । आज शेरबहादुरले कति कप चिया खानुभयो, अथवा ओली जीले आज के भन्नु भयो, क्या भन्नु भयो भन्यो, प्रचण्ड जी हास्नु भयो भन्यो, यी तीनजना व्यक्तिहरूको विचमा देशको शोषण भैरहेको छ । देशको राजनीतिक शोषण भैरहेको छ ।"
देशमा प्रजातन्त्र नरहेको र प्रजातन्त्र नै संकटमा परेको कुरा इंकित गर्दै उनले भने "प्रजातन्त्रको नाममा प्रजातन्त्रको प्रहार भैरहेको छ, पटक पटक, प्रजातन्त्रको नाममा प्रजातन्त्र मास्ने षडयन्त्र भैरहेको छ, बारम्बार ।"
साथै उनले नेपालको शासकीय व्यवस्था वास्तवमा जमिन्दारी शैलीमा गएको र देश भागवण्डामा चलेको आरोप लगाए । उनि भन्छन "फलानो सचिव तिम्रो, फलानो सचिव मेरो । यहाँ मान्छेको गुण के छ, क्षमता के छ काम कति गर्छ, ईमान कति छ, केहि छैन, मेरो दास होकी होइन, तिम्रो दास कि मेरो दास भागवण्डामा गएको छ ।"
उनले नेपालको विकासका लागि आउने विदेशी रकमहरू पनि नेताहरूले नै खाईरहेको आरोप लगाए । नेपालमा अब भ्रष्टाचारको लेनदेन पनि देशमा हुन्दैन, विदेशमा हुन्छ, र पोइसा पनि विदेशमै राखिन्छ, उनि भन्छन ।
उनि भन्छन "यो भारदारहरूको सरकार हो, भारदारहरूको सरकारमा पदहरू लिलाममा छन् । हरेक ठाउँमा पदहरू लिलाममा छन् ।"
देशको युवा पलायनलाई संकेत गर्दै उनले भने "देश युवा विहिन बन्दै गएको छ, बुडाहरूको देश बनेको छ, यहाँ कोहि बस्न चाहदैन । देशमा बसेर केहि गर्न सकिन्छ भन्ने आशा जगाउने नेता कोहि छैनन् ।"
देशमा बढिरहेको भ्रष्टाचारका काण्डहरू स्मरण गर्दै डा लोहनी भन्छन "आज देशमा लुटेरा र फटाहाहरूको शासन छ । देशमा कति काण्डहरू भएका छन्, छानबिन भएको छैन । नेपालीहरूलाई भुटानी बनाएर बेच्ने काम भएको छ । त्यो अपराध होइन? उनि प्रश्न गर्छन । "हवाईजहाजमा पोइसा खाएको छ । टेलिकममा छुट दिएर पोइसा खाएको छ, ७० करोडको केस छ, टेरामक्सको काण्ड छ, यति काण्ड, ओम्नी काण्ड बालमन्दिर काण्ड, सहकारी काण्ड सबै काण्डै काण्ड । ति काण्डहरूको नतिजा के हो त ?" उनि थप्छन, "नेपाली जनताको धनको शोषण हो । यो सबै काण्डहरू गर्ने अनि उनीहरू अग्रगामी हुने ? के जनता माथि गरेको शोषण हो अग्रगमन भनेको हो ? कि जनताको सम्पत्तिको लुट हो अग्रगमन भनेको हो ? उनि भन्छन यो वास्तविक रुपमा पश्चगमन हो, यिनीहरू नव सामन्तवादका प्रतिमूर्ति हुन्, यिनीहरू नाङ्गा अनुहारहरू हुन् ।"
आफूहरूले जनतामाझ गएर अभियान गर्नुपर्ने कारण प्रष्ट पार्दै उनि भन्छन "यिनीहरूका बिरुद्ध आवाज उठाउने जिम्मेवारी अरु कुनै पार्टीले लिएको छैन, तर हामी छौं ।"
साथै राजसंस्थाको महत्वको बारेमा प्रष्ट पार्दै उनि भन्छन "आज संसारमा जुन किसिमको गतिबिधि आएको छ, त्यो गतिविधिको परिवेशमा देशलाई बचाउने बेला आएको छ । आज ठुला देशहरूले साना देशहरूलाई पेल्ने संस्कार आईसकेको छ । विचार गर्नुहोस, बडो होस् गरेर हिडनुपर्ने बेला आएको छ । यो बेलामा हाम्रो देशभित्र सबै राजनैतिक शक्तिहरूको विचमा कसरी देश बचाउने भन्ने कुरामा एकता अवाश्यका छ । त्यो शक्तिहरूमा राजसंस्था पनि यौटा शक्ति हो, ठुलो शक्ति हो । राजसंस्था लगायत जे जति शक्ति छन, एकले अर्कोलाई निषेध गर्ने होइन, हामीहरूको विचमा एकता कायम गर्ने, एकले अर्कोलाई ठाऊँ दिने, मिलेर एकले अर्कोलाई साथ् दिएर देशलाई बचाउने बेला आएको छ । त्यसैले हामीले भनेका छौं, राजाले जुन कुरा भनि बक्सेको छ, त्यो नेपालको हितको पक्षमा छ ।" उनले थपे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।