एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य

२०८१ फागुन १८ गते आईतवार
सारांश
  • आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रिय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् ।

काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न  कमिटीको आकार सानो बनाउने बताएका छन् । 


आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रिय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् ।  


उनले भने, ‘जनसंगठनमा केन्द्रिय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो । अब स्थायी कमिटीको अन्त्य गरी केन्द्रिय समिति र सचिवालय मात्र राख्ने र कमिटीको आकार घटाउने साथै पदाधिकारीको संख्या कम गर्ने प्रस्ताव आजको बैठकले स्वीकृत गरेको छ ।’ 


यसको साथै, उनले विदेश भ्रमणको सन्दर्भमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र आइसकेपछि व्यवस्थित तरिकाले रिपोर्ट राख्नुपर्ने निर्णय भएको पनि बताए । 


बैठकमा ताप्लेजुङमा रहेको प्रसिद्ध पाथिभराको केवलकार विवादको सन्दर्भमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवालाहरुसँग छलफलगरी केवलकार निमार्णको प्रक्रियालाई अगाडि बढाउन चासो राखेको पनि बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार