अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष दाहाल

२०८१ फागुन १७ गते शनिवार
सारांश
  • तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरे ।

काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

सिरहाको औरही नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतीका लागि पहल लिन सहयोग अपेक्षा गरे । लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरू गरेपछि योजना अघि बढेको स्मरण गरे ।

 

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार