कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन्: अध्यक्ष रेग्मी
२०८१ फागुन १५ गते विहिबार
- कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने कुरा कुनै सिद्धान्तले नमिल्ने र गलत रहेको बताएका हुन् ।
काठमाडौं: लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताएका छन् ।
विहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने कुरा कुनै सिद्धान्तले नमिल्ने र गलत रहेको बताएका हुन् ।
उनले भने, ‘विभिन्न स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर विभिन्न ठाउमा कार्यरत रहनुभएको छ । त्यो विल्कुलै गलत काम भइरहेको छ । त्यो कुनैपनि हालतमा मिल्दैन । एउटा पालिकाले कुनै सन्दर्भमा २०÷२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन । तर त्यो भइरहेको छ । त्यो सम्पूर्णरुपमा गलत छ । त्यसमा सुधार गर्नुपर्छ । उहाँहरु जहाँ नियुक्ति हुनुभएको छ त्यही जानुपर्छ ।’
उनले कानुन निर्माण गरेर सरुवा गरे जायज हुने भएकाले कानुनको अभावमा जथावाभी गरिएका सरुवा गलत हुने पनि बताए ।
बैठकमा लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।