- प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताएकी हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताएकी हुन् ।
उनले भनिन् , ‘केही दिन अगाडि निशुल्क डिजिटल कारोबार माग राख्दै सदनमा बोलेको थिएँ । अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको छ भन्नुभएको थियो । तर हालसम्म कुनै काम अघि बढाइएको छैन् । सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काममात्रै गर्छ । त्यसैले म यो संसद मार्फत सरकारलाई छिटो भन्दा छिटो डिजिटल कारोबार निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु ।’
साथै उनले छिटो भन्दा छिटो डिजिटल कारोबार निःशुल्क नबनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’