पाथीभर केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपाको माग
२०८१ फागुन ११ गते आईतवार
- आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् ।
उनले भनिन्,‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरु घाइते हुनेहुँदै आइरहेको छ । गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो । अहिले निषेधाज्ञा लागेको छ । यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरु ‘एस’ केवलकार र ‘नो केवलकार’ को रुपमा विभाजित भएका छन् । अराजक भएका छन् ।
आक्रोशित छन् । तर,सरकारले उचित निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा छन्, ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ? । त्यहाँ संरचनहरु बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन् । यसअघि पनि सम्झौता भएको थियो । त्यसो हुन सकेन् । माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन् । निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ । सहमति उल्लंघन भएको छ । नागरिकप्रति विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यही ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौं ।’
साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमित सरकारले उल्लंघन गरेको बताइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।