लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
२०८१ फागुन १० गते शनिवार
- शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले डेमोक्रेशि अराजकताको होईन्, अनुशासनको पद्धती भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरु दिनुपर्ने बताए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले डेमोक्रेशि अराजकताको होईन्, अनुशासनको पद्धती भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरु दिनुपर्ने बताए ।
उनले भने, ‘डेमोक्रेशि भनेको अनुशासनको पद्धती हो अराजकताको पद्धती होईन भन्ने कुरा बुझ्न जरुरी छ । अर्को डेमोक्रेशिसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेशि अस्थायी नै हुन्छ । किनभने डेमोक्रेशिले दिनुपर्यो, बाड्नु पर्यो । डेमोक्रेशिले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो । लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरु आवश्यक हुन्छन् ।’
यसको साथै उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘लोकतन्त्रलाई अराजकता गर्ने सुविधाका रुपमा प्रयोग गर्ने गतिविधिहरु देखिन्छन्, व्यक्ति व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक कुराहरु प्रचार गर्ने, समाज, समुदाय, जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने, यो सबै क्रियाकलापले लोकतन्त्रलाई कमजोर गर्छ । यस्तो कुरामा पनि सचेत हुनुपर्छ । हामीले संसारको राम्रो संविधान बनाएका छौं र यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीताको सुदृढिकरण आजको आवश्यकता हो ।’
यसको साथै, उनले सुदूरपश्चिममा समस्या छ, समस्या छ भनेर मात्र होईन अब सम्भावना छ भनेर अगाडि बढ्नुपर्ने भन्दै मुलुकको प्रत्येक क्षेत्रमा सुदूरपश्चिमको योगदान रहेको उनको भनाई छ ।
उनले भने, ‘अब सुदूरपश्चिम समस्या छ, समस्या छ भनेर मात्र होईन सम्भावना छ भनेर अगाडि बढ्नुपर्छ । किनभने सम्भावना पनि सुदूरपश्चिममा नै छ । सुदूरपश्चिममा जस्तो सम्भावना अरु कतै छैन । पर्यटक, भौगोलिक, रमणियता अथवा विकासको सम्भावना सुदूरपश्चिममा नै सबैभन्दा धेरै छ यसको साथै जनशक्तिको सम्भावना पनि छ । सुदूरपश्चिमले मुलुकको प्रत्येक क्षेत्रमा योगदान गरेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।