- चितवन मोवाइल व्यवसायी संघको समन्वयमा शुक्रबार साँझबाट सुरु प्रदेश भेलामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सातै प्रदेशका प्रदेश अध्यक्ष र महासचिव सहभागी छन ।
भरतपुर : नेपाल मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनको पदमपुरमा सुरु भएको छ ।
चितवन मोवाइल व्यवसायी संघको समन्वयमा शुक्रबार साँझबाट सुरु प्रदेश भेलामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सातै प्रदेशका प्रदेश अध्यक्ष र महासचिव सहभागी छन ।
भेलामार्फत प्रदेश नेतृत्वलाई बैठक संचालन सम्बन्धि तालिम प्रदान गरिने छ । यस्तै, भेलामा सातै प्रदेशका मोवाइल व्यवसायीले भोग्दै आइरहेका समस्या तथा चुनौती बारे बृहत् छलफल हुँदैछ ।
महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले भेलाले व्यवसायीहरुलाई एकीकृत गर्दै व्यवसायीले भोग्दै आएका समस्यालाई निकास दिने सन्दर्भमा पहलकदमी लिने जानकारी दिए ।
भेलामा मोवाइल व्यवसायीले मोवाइल बिक्री गरेवापत प्राप्त गर्दै आएको मार्जिन, चोरीका मोवाइलबाट व्यवसायीले भोग्दै आएका समस्या तथा प्रहरी प्रसाशनबाट व्यवसायीले भोग्दै आएको असहयोगका विषयमा सातै प्रदेशका नेतृत्वले धारणा राखिरहेको उपाध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।
भेलामा नेपाल जेसिसका तालिम प्रशिक्षक विवेक आनन्द न्यौपानेले बैठक संचालन सम्बन्धि प्रशिक्षण दिएका छन । भेला चितवन घोषणापत्र जारी गर्दै शनिबार सकिंदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।