'प्रचण्ड र माधवको नीति कार्यक्रम विदेशीको इसारामा बन्छ'

२०८१ फागुन १० गते शनिवार
सारांश
  • उनले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधव कुमार नेपाल र प्रचण्डको पार्टीले विदेशी इसारामा नीति कार्यक्रम बनाउने गरेको आरोप लगाए ।

नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पार्टीको नीति कार्यक्रम विदेशीको इसारामा बन्ने गरेको आरोप लगाएका छन् ।


जनकपुरधाममा शनिबार आयोजित वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महासेठले नेकपा एमाले पार्टीको नीति कार्यक्रम जनताको चाहना अनुसार बन्ने गरेको बताएका हुन् । 


उनले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधव कुमार नेपाल र प्रचण्डको पार्टीले विदेशी इसारामा नीति कार्यक्रम बनाउने गरेको आरोप लगाए । 


नेकपा एमाले आज जुन ठाउँमा छ त्यो यही जनता र पार्टीको धेय बुझेर पार्टीका लागि समर्पित रहेका नेता कार्यकर्ताहरुको कारणले रहेको जिकिर गरे । उनले पार्टी छोडेर अर्को पार्टी निर्माण गरेकाहरुको अहिलेको अवस्था कस्तो छ भनेर प्रश्न गरे ।


त्यस्तै नेता महासेठले पार्टीले गरेका कामहरुबारे जानकारी आमजनतालाई नभएकोमा गुनासो गरेका छन् । 


एमालेले गरेका विकासका कार्यहरुबारे जनता अनभिज्ञ रहेको उनले धारणा व्यक्त गरे । उनले जनतालाई अहिले पनि विकास निर्माणका कामहरु अर्कै पार्टीले गरेको भन्ने भ्रम रहेको बताए । 


नेता महासेठले प्रचार प्रसारको कमीका कारण यस्तो भ्रम सिर्जना भएको जानकारी दिए । उनले सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी र पार्टीले गरेका विकास निर्माणका कार्यहरुबारे सामाजिक सञ्जाल लगायतमा प्रचार प्रसार गर्न निर्देशनसमते दिए ।


नेता महासेठले सम्पूर्ण कार्यकर्तालाई सासक नभई सेवक बनेर जनताको घर घर र टोल टोलमा पुग्न निर्देशन दिए । 


उनले ८४ लाई मध्ये नजर गर्दै पार्टीलाई मजबुत बनाउने तर्फ सबैलाई ध्यानदिन आग्रह गरे । नेता महासेठले प्रचार डेस्क बनाएर पार्टीको प्रचारमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार