- आज सार्वजनिक बिदाको अवसरमा प्रथम महिला राधिका शाक्यसँगै अवलोकन गरेका हुन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् ।
आज सार्वजनिक बिदाको अवसरमा प्रथम महिला राधिका शाक्यसँगै अवलोकन गरेका हुन् ।
उक्त टावरमा हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु जाने गरेका छन् । यसैबीच आज प्रधानमन्त्री ओलीले त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन समेत गरे ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । उनले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरुलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।
काठमाडौंको मध्यभागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।