'निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ'
२०८१ फागुन ०७ बुधवार
- राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन् ।
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन् ।
उनले भने, ‘सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज मिति २०८१ साल फागुन ७ गते हामी दिवस सँगसँगैं ‘निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ नवौं निर्वाचन दिवस मनाइरहेका छौं ।
यस शुभ अवसरमा म सम्पूर्ण नेपाली मतदाताहरूमा निर्वाचन दिवसको हार्दिक शुभकामना दिन चाहन्छु । साथै, आयोगलाई निरन्तर हौसला र प्रेरणा प्रदान गर्नुहुने अग्रज एवम् शुभेच्छुकप्रति सम्मान प्रकट गर्दै निर्वाचन प्रक्रियामा आयोग सँगसँगै क्रियाशील रहने मतदातालगायत सबै सरोकारवालाको अमूल्य योगदानको प्रशंसा गर्न चाहन्छु । इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अंगिकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दछु।’
साथै उनले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचनहरू मार्फत् जनप्रतिनिधिहरू निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह भएको समेत बताए ।
उनले निर्वाचन जनताको सर्वाधिक सहभागिता र सरोकार अपेक्षित हुने गतिविधि भएको हुनाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने समेत बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।