नेपालको सर्वोंच्च अदालत अभिलेख अदालत हो: प्रधानन्यायाधीश राउत

२०८१ फागुन ०७ बुधवार
सारांश
  • बुधवार नेपाल कानून पत्रिकाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अभिलेखले कानूनी साहित्य र इतिहासलाई उजागर गर्ने बताएका हुन् ।

काठमाडौं: सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोंच्च अदालत अभिलेख अदालत भएको बताएका छन् । 


बुधवार नेपाल कानून पत्रिकाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अभिलेखले कानूनी साहित्य र इतिहासलाई उजागर गर्ने बताएका हुन् । 


उनले  भने,‘नेपालको सर्वोंच्च अदालत अभिलेख अदालत हो । अभिलेख भन्ने बितिक्कै के कुरा बुझिन्छ ? अभिलेख नहुदा के हुन्छ ? प्रश्न यहाँनेर छ । सायद आज विमोचन गर्दै गर्दा भोलिको चम्किलो र उज्यालो भविश्यको लागि यो कुराले कतै न कतै हामीलाई संवेदनशिल बनायो भने यो विमोचनको अर्थ रहन्छ । मेरो बुझाइमा अभिलेख भनेको निश्चित समयको मुलुकको कालखण्डको सभ्यता देखाउछ । कानूनी साहित्य र इतिहासलाई उजागर गर्दछ । देशको संस्कृति कस्तो छ ? आत्मासम्मान र स्वाभिमानको प्रसंगलाई नियालेर हेर्यो भने ति अभिलेखबाट मात्र भेटिन्छ अन्तबाट भेटिदैन ।’ 


उनले अभिलेख देशको योगदान र मौलिकतासँग  जोडिएको पनि बताएका छन् । 
उनले भने,‘अभिलेख बुद्धको पालामा पनि थिएन देखिदैन । ती किवंदन्तीको रुपमा सुर्तिको रुपमा किताबभन्दा पनि शक्तिशाली भएर बसेको छ । ठुलो जनमतलाई प्रभावित गरेको छ । लिपिबद्ध गर्ने कुरा मुलुकको आत्मासम्मानसँग, गौरवसँग, योगदानसँग र मौलिकतासँग जोडिएको छ ।’


यस्तै, उक्त कार्यक्रममा बोल्दै इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले इतिहास पढ्नु संस्कृती बुझ्नु राज्यको र समाजको विजयता भएको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार