लम्सालको न्यायको लागि तत्काल उच्चस्तरीय राजनीतिक संवाद गर्न माग

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, उच्चस्तरीय राजनीतिक संवाद यथासिघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गरेका हुन् ।

काठमाडौं: नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरेका छन् । 


मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, उच्चस्तरीय राजनीतिक संवाद यथासिघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गरेका हुन् । 


उनले भने,‘सरकारको तिव्र पहल कदमीको लागि माग गर्न चाहन्छु । र मृत प्रकृति लम्साल र उनका परवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथासिघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु ।’


त्यस्तै उनले, नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिदा नेपालको कुटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाए । 


उनले भने,‘भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्यु भयो । त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गरेर विरोध गर्नुभयो । त्यहाँ अपमानजनक काम गरियो अमानविय क्रियाकलाप गरियो र सिङ्गो नेपालमाथि धावा बोलियो । तर सरकारको कुटनीति असक्षमका कारण त्यहाँ असुरक्षित र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिरहेको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार