- अहिलेको प्रविधिको विकाससँगै यसलाई संशोधन गर्दै जान सकिने उद्योगमन्त्री भण्डारीले उल्लेख गरे ।
काठमाडौँ, ६ फागुन: प्रतिनिधिसभाको आजको बैठकले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।
यसअघि विधेयकका विभिन्न पक्षका बारेमा सांसदहरूले सरकारको धारणा मागेका थिए । सांसदहरूको जिज्ञासाको जवाफमा मन्त्री भण्डारीले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न यो विधेयक ल्याएको बताए ।
मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा विद्युतीय व्यापार अतिआवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको मन्त्री भण्डारीले बताए ।
कार्यान्वयनका चरणमा लैजाँदा नियमावली तथा कार्यविधि बनाएर थप व्याख्या गरिने उनको भनाइ छ । अहिलेको प्रविधिको विकाससँगै यसलाई संशोधन गर्दै जान सकिने उद्योगमन्त्री भण्डारीले उल्लेख गरे ।
विधेयकमाथि संसद्मा पर्याप्त छलफल भएको र यसलाई बढीभन्दा बढी कार्यान्वयनयोग्य बनाउन खोजिएको उनको भनाइ छ । कानुनी व्यवस्थाको अभावमा विद्युतीय माध्यामद्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिन थियो । यो ऐन कार्यान्वयनमा आएसँगै इ–कमर्शलाई नियमन र व्यवस्थापन गर्न सहज हुने मन्त्री भण्डारीको भनाइ छ ।
अर्थतन्त्रमा टेवा पुर्याउने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने, उपभोक्ताको पहुँच सरल र सहज हुने भएका कारण यो कानुन बनेर कार्यान्वयनमा आउन अति आवश्यक रहेको उहाँले उल्लेख गरे ।
यस्तै, आजको बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त प्रस्ताव पेस गरे । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ११ गते १३ बजे बस्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।