कांग्रेस सत्तापक्ष हो तर सरकारमा छैन: डा.शेखर

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • आज मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारमा एमालेकरण हुन लागेको आरोप लगाएका छन्।

 

आज मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

 

बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको आरोप लगाउँदै कोईरालाले कांग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको तर्क गरे।

 

‘कता कता मलाई चिन्ता लागेको छ। हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिष्पर्धी पनि हौँ। भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने,’मलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ। यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टहरुमा मात्रै हुनसक्छ। साम्यवादी देशहरुमा मात्रै संयन्त्रले देश चलाउँछ।’

 

साथै, सांसद कोईरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए। नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताए। 

 

कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए।

 

‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ। यो विधेयक भर्खर संसदमा गएको छ।

 छलफल हुनतः बाँकी नै छ। तर जसरी यो विधेयक आएको छ। र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ। नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन। कुनैपनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरुसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ,’ उनले भने।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार