मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते
२ कार्तिक, २०८३
- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
गएराति करिब रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ ।
जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्याउँदा चिकित्सकले बाटोमै मृत्यु भइसकेको पुष्टि गरेका थिए ।
गम्भीर घाइते ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’