- गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।
गोरखा, ०१ कार्त्तिक । गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।
बेलिब्रिज जडानको काम सम्पन्न गरी भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बेलिब्रिज जडानका लागि गोरखा र धादिङ दुवैतर्फ आवश्यक जग तथा अन्य निर्माण कार्य सम्पन्न भइसकेको छ ।
असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो । पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउन बाढीले क्षति पुर्याएकै स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’