- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ, ०१ कार्त्तिक । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। ऐनअनुसार उपाध्यक्षको पदावधि ५ वर्षको हुनेछ ।
लामो समयदेखि लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त थियो । १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी आनी छोइङ डोल्माले बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी छन् भने उनले विश्वभर बौद्ध भजन तथा मन्त्रलाई आधुनिक संगीतको प्रस्तुतिमार्फत विश्वभर पुर्याएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’