चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

१ कार्तिक, २०८३
सारांश
  • चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन् ।

चितवन । चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन् ।

 

आइतबार बिहान करिब १०ः४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस सडक छेउको नालीमा पल्टिएको हो ।

 

बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो ।

 

बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका करिब ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार