- साउदी अरबको नजरान क्षेत्रमा प्राविधिक खराबीका कारण एएच–६आई हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।
काठमाडौँ । साउदी अरबको नजरान क्षेत्रमा प्राविधिक खराबीका कारण एएच–६आई हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले आइतबार दुर्घटनाको पुष्टि गरेका हुन् । यमनका हुथी समूहले शनिबार साउदीको अपाचे हेलिकोप्टर खसालेको दाबी गरे पनि साउदी पक्षले त्यसको खण्डन गरेको छ ।
पछिल्ला साताहरूमा हुथी समूहले साउदी अरबमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । साउदी अरबले शनिबार पनि ड्रोन आक्रमणको नयाँ लहर विफल पारेको जनाएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले साउदी अरबको सुरक्षाका लागि आवश्यक कदम चाल्न आफ्नो देश तयार रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’