कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

१ कार्तिक, २०८३
सारांश
  • शनिबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२ क ६६६ नम्बरको ट्रक, सोही दिशातर्फ गइरहेको बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा.३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

शनिबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२ क ६६६ नम्बरको ट्रक, सोही दिशातर्फ गइरहेको बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा.३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

 

दुर्घटनामा रा.३ प ३५८४ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३४ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । नामथर र ठेगाना नखुलेका उनलाई उपचारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान १०:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

त्यस्तै, बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैया निवासी २३ वर्षीय दिलीपकुमार यादव र पछाडि सवार गढवा गाउँपालिका–१ हेठान गाउँ निवासी २१ वर्षीय अनिल योगी घाइते भएका छन् । उनीहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन र ट्रक चालक पर्साको पोखरिया नगरपालिका–६ सिरसिया निवासी ३२ वर्षीय ओमप्रकाश महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार