आज विश्व आत्महत्या रोकथाम दिवस

२०८३ भाद्र २५ विहिवार
सारांश
  • नेपालमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा ५६ हजारभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ, जुन त्यसअघिको १० वर्षको तुलनामा बढी हो ।

काठमाण्डौ, २५ भाद्र । विश्व आत्महत्या रोकथाम दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

सन् २०२४ देखि २०२६ सम्मका लागि तय गरिएको मूल नारा ‘आत्महत्याबारे सोच बदलौँ’ रहेको छ आत्महत्याका विषयमा समाजमा रहेको मौनता र नकारात्मक धारणालाई हटाउँदै मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे खुला रूपमा संवाद, सहानुभूति र सहयोगको वातावरण बनाउन यस वर्ष जोड दिइएको छ ।

 

विज्ञहरूले एक दिन मात्र दिवस मनाएर आत्महत्या रोकथाम सम्भव नहुने भन्दै वर्षभरि नै समुदायस्तरमा सचेतना र सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

 

नेपालमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा ५६ हजारभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ, जुन त्यसअघिको १० वर्षको तुलनामा बढी हो ।

 

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । यो औसतमा दैनिक करिब १८ जनाको मृत्यु बराबर हो ।

 

मनोविद् तथा मनोचिकित्सकहरूले आत्महत्या रोकथाममा परिवार, समुदाय, स्वास्थ्य क्षेत्र, शैक्षिक संस्था र राज्यका सबै निकायको समान भूमिका आवश्यक रहेको बताएका छन् । समयमै समस्या पहिचान गरी सुन्ने, साथ दिने र आवश्यक सहयोग उपलब्ध गराउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार