बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासको सर्वेक्षण सुरु
२४ भाद्र, २०८३, बुधवार
- यसबाट प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ: भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ ।
आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरी प्रभावित परिवारको आवश्यकता मूल्याङ्कन गरिरहेको छ बहने सर्वेक्षणमा घरको क्षतिको अवस्था, दिवंगत वा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता र स्थानान्तरणको विकल्पबारे विवरण संकलन गरिने बताइएको छ ।
त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यकताबारे पनि जानकारी लिइनेछ। यसबाट प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण एक साताभित्र सम्पन्न गर्ने तयारी छ । त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि सोही प्रक्रियामार्फत सर्वेक्षण गरिने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
-
भदौ २४ को विध्वंसले देश २५ वर्षपछि धकेलियो : केपी ओली
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर
-
भदौ २३ र २४ का घटनामा दोषीलाई कारबाही गर्नुपर्छ : गगन थापा
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।