आज जेनजी शहिद दिवस

२०८३ भाद्र २३ मङ्गलवार
सारांश
  • जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।

काठमाण्डौ, २३ भाद्र । जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।

 

जेनजी आन्दोलनको एक बर्ष पुराभएको दिन आज सरकारले जेनजी शहिद दिवस घोषणा गरेर सार्बजनिक बिदा दिएको छ ।

 

विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी शहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक बेथिति, बेरोजगारी, अवसरको अभाव र राज्यको जवाफदेहिताविरुद्धको व्यापक आक्रोशमा परिणत भएको थियो ।

 

आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले शहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरूका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार