नेपाल आइपुग्यो चीनको राहत सामग्रीको चौथो खेप

२३ भाद्र, २०८३, मगलवार
सारांश
  • चौथो खेपमा उद्धारका लागि प्रयोग हुने पानीमा चल्ने डुंगा, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने चिस्यान यन्त्र तथा सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन् ।

काठमाडौँ: चीनको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ ।

 

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो मालवाहक विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री ल्याइएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए ।

 

चौथो खेपमा उद्धारका लागि प्रयोग हुने पानीमा चल्ने डुंगा, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने चिस्यान यन्त्र तथा सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन् ।

 

नेपालमा बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको जनाइएको छ । यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा त्यसपछिका राहत र व्यवस्थापनका काममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार