भोटेकोशी बाढीपछि हालसम्म १३५५ जनाको शव फेला

२०८३ भाद्र २२ सोमवार
सारांश
  • रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३५५ जनाको शव फेला परेको छ ।

काठमाण्डौ, २२ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३५५ जनाको शव फेला परेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३५५ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ । अहिलेसम्म ९८ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

 

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार