परेवाभिरमा मर्मत गर्न पृथ्वी राजमार्गको आजपनि साँझसम्म बन्द
२१ भाद्र, २०८३, आइतवार
- आज आइतबार पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको सडक मर्मत कार्य नसकिएपछि आज आइतबार पनि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मर्मत कार्य अधुरै रहेकाले आज आइतबार पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।
यसअघि शनिबारका लागि तोकिएको बन्दको समयसीमाभित्र मर्मत कार्य सम्पन्न नभएपछि सडक बन्दको अवधि थप एक दिन लम्ब्याइएको जिल्ला प्रशासनले उल्लेख गरिएको छ । तोकिएको बन्दको समयमा एम्बुलेन्स र शववाहन जस्ता अति आवश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन गर्न पाइनेछन् ।
सडक बन्दका कारण यात्रामा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गर्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’