भारतले नेपालमा पठायो थप राहत सामग्री

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • फरेन्सिक परीक्षणसम्बन्धी सामग्री तथा औषधिजन्य सामग्रीसहितको राहत सहायता नेपाल पठाएको हो ।

काठमाडौँ: भारतले बाढी प्रभावित नेपालका लागि थप २१.५ टन राहत सामग्री पठाएको छ।

 

भारतले दुईवटा सी–१३० जे विमानमार्फत फरेन्सिक परीक्षणसम्बन्धी सामग्री तथा औषधिजन्य सामग्रीसहितको राहत सहायता नेपाल पठाएको हो ।

 

थप सहायता सामग्रीले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई थप सुदृढ बनाउनुका साथै बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन मद्दत गर्ने भारतले जनाएको छ ।

 

योसँगै भारतले अहिलेसम्म सातवटा उडानमार्फत राहत सामग्री र विशेषज्ञसहितको उद्धार टोली नेपाल पठाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार