काठमाडौँको पेप्सीकोलामा आगलागी: १० पसल र ३ घरमा क्षति

२०८३ भाद्र १९ शुक्रवार
सारांश
  • गएराती भएको आगलागी काठमाडौँ महानगरका तीन दमकल, ३० जना अग्नि नियन्त्रक र दुई पानी ट्याङ्करसहितको टोली, नेपाली सेना तथा छिमेकी पालिकाका दमकलसमेत परिचालन गरेर नियन्त्रणमा लिइएको थियो ।

काठमाण्डौ, १९ भाद्र । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला प्लानिङमा गएराति भएको आगलागीबाट १० वटा पसल र ३ वटा पक्की घरमा क्षति पुगेको छ । आगलागीमा ६ वटाभन्दा बढी घर तथा टहरा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

 

गएराती भएको आगलागी काठमाडौँ महानगरका तीन दमकल, ३० जना अग्नि नियन्त्रक र दुई पानी ट्याङ्करसहितको टोली, नेपाली सेना तथा छिमेकी पालिकाका दमकलसमेत परिचालन गरेर नियन्त्रणमा लिइएको थियो ।

 

आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको थियो । काठमाडौं क्याफे, बेम्बो कटेज, तरकारी पसल, सेकुवा क्याफे र खाद्यान्न पसललगायतका संरचनामा क्षति पुगेको छ ।

 

महानगरपालिकाको अग्नि नियन्त्रक टोली तथा सम्बन्धित निकायको समन्वयमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति भने भएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार