भोटेकोशी बाढी अपडेट: अहिलेसम्म १२९३ जनाको शव भेटियो

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२९४ जनाको शव फेला परेको हो ।

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२९४ जनाको शव फेला परेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२९४ जनाको शव फेला परेको हो । जसमा रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, चितवनमा ३५९, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ ।

 

अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ५ हजार ५३ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका २१३०, नुवाकोटका २३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार