- सेनाको टोलीले सुरुङभित्र खोजउद्धार जारी राखेको र बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले नेपाल प्रेससँग बताए ।
काठमाडौं: रसुवास्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ भित्र २ जनाको शव भेटिएको छ ।
आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा आज ती शवहरू निकालेको हो । ती शवको पहिचान भने बाँकी रहेको उनले जानकारी दिए ।
सेनाको टोलीले सुरुङभित्र खोजउद्धार जारी राखेको र बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले नेपाल प्रेससँग बताए ।
उनले भने, ‘आयोजनामा बाढी आउनुअघि विद्युत प्रवाह बन्द भइसकेकाले धेरै कामदार पहिले नै बाहिर निस्किसकेको अनुमान गरिएको छ । सुरुङभित्र १५ जना जति कामदार रहेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक स्थिति भने खोजी कार्य सकिएपछि मात्र स्पष्ट हुनेछ ।’
आयोजनाका कुल ६० जना कर्मचारी तथा कामदारमध्ये १९ जना सम्पर्कमा आइसकेका छन् भने बाँकी ३९ जना अझै बेपत्ता रहेको आयोजना प्रशासनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’