- सेनाको टोलीले सुरुङभित्र खोजउद्धार जारी राखेको र बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले नेपाल प्रेससँग बताए ।
काठमाडौं: रसुवास्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ भित्र २ जनाको शव भेटिएको छ ।
आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा आज ती शवहरू निकालेको हो । ती शवको पहिचान भने बाँकी रहेको उनले जानकारी दिए ।
सेनाको टोलीले सुरुङभित्र खोजउद्धार जारी राखेको र बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले नेपाल प्रेससँग बताए ।
उनले भने, ‘आयोजनामा बाढी आउनुअघि विद्युत प्रवाह बन्द भइसकेकाले धेरै कामदार पहिले नै बाहिर निस्किसकेको अनुमान गरिएको छ । सुरुङभित्र १५ जना जति कामदार रहेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक स्थिति भने खोजी कार्य सकिएपछि मात्र स्पष्ट हुनेछ ।’
आयोजनाका कुल ६० जना कर्मचारी तथा कामदारमध्ये १९ जना सम्पर्कमा आइसकेका छन् भने बाँकी ३९ जना अझै बेपत्ता रहेको आयोजना प्रशासनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीबारे परराष्ट्रमन्त्री खनालको कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई ब्रिफिङ
-
त्रिशूली–३ ए र ३ बीमा फसेका कामदारको उद्धारमा ढिलाइप्रति सांसद थपलियाको आपत्ति
-
प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : प्रवक्ता खरेल
-
लाङटाङको सुरुङमा दुईजना मृत भेटिए
-
प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।